२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्ड घर जाँदै, फ्रान्स मोरक्कोको सामना गर्दै: फोटो फिचर



अ+ अ-

साविक विजेता फ्रान्सले कतारमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डलाई २–१ गोल ​​अन्तरले पराजित गर्दै पाखा लगाएको छ ।

१७औँ मिनेटमा डिबक्स बाहिरबाट ओरेलियन चौमेनीले प्रहार गरेको गोलले इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डलाई बिट गर्दै फ्रान्सले अग्रता लिएको थियो ।

दोस्रो हाफको शुरुवातसम्म दुवै पक्षबीचको खेल तुलनात्मक रुपमा समान रह्यो । जब इङ्ल्यान्डका फरवार्ड बुकायो साकालाई फ्रान्सेली बक्समा लडाइयो, ५४ औँ मिनेटमा कप्तान ह्यारी केनले पाएको पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि दुवै पक्षले अग्रता पुनः प्राप्त गर्न कडा संघर्ष गरे । इङ्गल्याण्डको सेन्टर–ब्याक ह्यारी म्यागुइरको बार–किसिङ हेडर सहित धेरै गोल मिस भए ।

तर फ्रान्सका कीर्तिमानी गोलकर्ता ओलिभर जिराउडले ७८ औँ मिनेटमा हेडरमार्फत निर्णायक गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

इङ्ल्यान्डले दोस्रो पेनाल्टी पाउँदा केनले केही समयमै बराबरी गर्ने मौका पाएका थिए तर ८४ औँ मिनेटमा बल बारको माथिबाट निकाले ।

पेनाल्टी क्षेत्रबाहिर धेरै अन्य अवसरहरू देखिए । अन्तिम मिनेटको फ्रिकिकको बावजुद मार्कस रासफोर्ड गोलमा रूपान्तरण गर्न असमर्थ हुँदा फ्रान्सले बुधबार मोरक्कोसँग खेल्ने गरी इङ्ल्यान्डलाई खाली हात घर पठायो।

 

 

 

 

 

 

 

तस्बिर सौजन्य : अलजजिरा