२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव समूह सरकारमा सहभागी हुने



अ+ अ-

काठमाडौ । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । 

मंगलबार बिहान नेता नेपाल र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । 

उक्त भेटपछि माओवादी अध्यक्ष प्रचण्डले दिउँसो स्थायी कमिटी बैठकमा माधव समूह सरकारमा सहभागी हुने जानकारी दिएका हुन् ।

नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोगलगायतका निकायमा पनि भागवण्डा गरिने बताइएको छ । 

यस्तै नेपाल समूहलाई चारवटासम्म राजदूत पनि दिने स्रोतले बताएको छ ।