१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

महसुस यात्रा (न्यासी वने नू) मा प्रमुख शाह: स्थानीयहरुको बाक्लो उपस्थिति



अ+ अ-

काठमाडौँ । आज जमल कमलाक्षीदेखि हनुमानढोका दरबारसम्म महसुस यात्रा (न्यासी वने नू) सम्पन्न भएको छ ।

२८ औँ महानगर दिवस अवसरका काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सम्पदा तथा पर्यटन विभागले यात्राको आयोजना गरेको हो । सहभागीहरुलाई प्रोत्साहन बढाउन महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), प्रवक्ता नविन मानन्धर, संस्कृति पर्यटन समितिका संयोजक आशामान संगतसहित कार्यपालिका सदस्यहरु यात्रामा सहभागी हुनुभएको थियो । यात्रा अवधिभर उहाँहरु सहभागीसँग सँगै हिँड्नु भयो ।

सम्पदा क्षेत्रमा हिँड्ने यात्रीले मठमन्दिर, डवली, चोक र गल्लीलाई कुरी बुझ्छन्? राजनीतिक, सांस्कृतिक तथा पुरातात्विक महत्व भएका भौतिक संरचनालाई कसरी महसुस गर्छन्? ती सम्पदासँग जोडिएका कथा, किंवदन्ती र इतिहासलाई कुन स्वरुप भेट्छन्, थाहा पाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो । महानगरका प्रवक्ता मानन्धर भन्नुहुन्छ, ‘यसले सम्पदा संरक्षण, मर्मत सम्भार तथा व्यवस्थापनका लागि पृष्ठपोषण दिनेछ ।’

महसुस यात्राको सुरु विन्दुमा रुटमा पर्ने स्थानको विवरण र संक्षिप्त चिनारी दिइन्छ । यसपछि व्यक्तिहरु एक्ला एक्लै यात्रा गरेर महसुस गर्नुपर्छ । आजको परिचयात्मक कार्यक्रम भएकोले सुरु विन्दुदेखि अन्तिम विन्दुसम्म सहभागीहरु समूहमा हिँडेका हुन् । कार्यक्रमका विषयमा सम्पदा तथा पर्यटन समितिका संंयोजक संगतले जानकारी दिनुभयो ।

यात्रामा वडा २७ बाट स्थानीय तथा सांस्कृतिक खल पुचःहरुको स्वतःस्फूर्त सहभागिता रह्यो । यसबाट पछिल्ला दिनमा थप कार्यक्रम गर्न आफू उत्साहित रहेको वडा २७ का अध्यक्ष योगेन्द्र खड्गीले बताउनुभयो ।

काठमाडौँको भित्री सहरमा भएका भौतिक संरचनासँग सामाजिक जीवनको आत्मीय सम्बन्ध छ । यो सम्बन्धलाई यात्रामा हिँड्नेले पञ्चेन्द्रियबाट महसुस गर्नुपर्छ ।

यात्रामा सहभागीहरुले भिडियो निर्माण गर्नु हुनेछ । यसरी निर्माण गरिएको भिडियोमध्ये उत्कृष्टलाई पुरस्कृत गर्ने योजना छ । सम्पदा तथा पर्यटन विभागकी उपनिर्देशक श्रृजु प्रधानले सम्पदामा युवाहरुको आकर्षण बढाउन यो ढाँचालाई अपनाइएको जानकारी दिनुभयो ।

भित्री सहरी क्षेत्रको सामाजिक व्यवस्था, परम्परागत बजार, भवनहरुको निर्माण ढाँचालाई गहिरो रुपमा महसुस गर्न सकिन्छ । यी विशेषता महसुन गर्नु यात्राको विशेषता हो ।