• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित

अजय देवगनको करिअरकै तेस्रो सफल फिल्म बन्यो ‘दृश्यम २’



एजेन्सी । ‘दृश्यम २’ रिलिज भएको २२ दिन बितिसकेको छ । यद्यपि, फिल्मको कमाई भने अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड कमाएको छ र अब २०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।

योसँगै ‘दृश्यम २’ अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।

दृश्यम २ को अगाडि ‘तानाजी’ र ‘गोलमाल अगेन’ रहेको छ । यदि दृश्यम २ ले यस्तै कमाइ गरिरह्यो भने, यसले छिट्टै गोलमाल अगेनको लाइफटाइम कलेक्शनलाई पार गर्नेछ ।

नयाँ फिल्म रिलिज भए पनि दृश्यम २ को कमाईमा खासै फरक परेको छैन । फिल्मको सङ्कलन २०० करोडको आँकडा छुन केही कदम मात्र टाढा छ । दृष्यम २ अजय देवगनको करियरको तेस्रो सबैभन्दा धेरै कमाउने फिल्म हो ।

यसअघि २०२० मा फिल्म ‘ताना जीः द अनसंग वारियर’ले २७९.५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो । यसपछि २०१७ मा आएको उनको फिल्म गोलमाल अगेनले २०५.६९ करोड कलेक्सन गरेको थियो ।

दृश्यम २ को बजेट करिब ६० करोड थियो । फिल्मले तेस्रो दिनमै ६४ करोड कलेक्सन गरेको थियो ।

अभिषेक पाठकले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन, अक्षय खन्ना र इशिता दत्त मुख्य भूमिकामा छन् ।