२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र अमेरिकी बिदेशमन्त्री बीच टेलिफोन कुराकानी



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर  देउवा र भारत भ्रमणमा रहनु भएका अमेरिकी बिदेशमन्त्री एन्टोनी जे ब्लिंकेन बीच टेलिफोनमा कुराकानी भएको छ ।

मंगलबार साँझ अमेरिकी बिदेशमन्त्री ब्लिंकेन प्रधानमन्त्री देउवा संग टेलिफोन सम्बादमा  नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

छलफलमा  नेपाललाई अमेरिकाले उपहार स्वरुप दिएको  १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अरु सहयोगका विषयमा पनि छलफल भएको थियो ।