२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे गम्भीर विरामी, नर्भिक अस्पतालमा उपचार हुँदै



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल गम्भीर विरामी परेर काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएकी छिन् । आईतबार रातिदेखि अचानक दुवै खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएपछि उनलाई अस्पताल पुर्याइएको हो ।

मन्त्री पाण्डे परिवारका अनुसार चिकित्सकले उनलाई न्युरोसम्बन्धी रोग (जिडिएस) भएको जानकारी गराएको छ । गत आइतबार रातीदेखि अचानक विरामी परेपछि मन्त्री पाण्डेलाई रुपन्देहीको भैरहवा र बुटवल हुँदै काठमाडौं ल्याईएको थियो । चिकित्सकका अनुसार भने ईम्युनोसिस्टम कमजोर बन्दै गएर खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएको हो । 

मन्त्री पाण्डे पहिलो पटक गत वैशाख ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्रीमा नियुक्त भएकी थिईन्। उनी जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सदस्य बनेकी हुन् ।