२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे गम्भीर विरामी, नर्भिक अस्पतालमा उपचार हुँदै



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल गम्भीर विरामी परेर काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएकी छिन् । आईतबार रातिदेखि अचानक दुवै खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएपछि उनलाई अस्पताल पुर्याइएको हो ।

मन्त्री पाण्डे परिवारका अनुसार चिकित्सकले उनलाई न्युरोसम्बन्धी रोग (जिडिएस) भएको जानकारी गराएको छ । गत आइतबार रातीदेखि अचानक विरामी परेपछि मन्त्री पाण्डेलाई रुपन्देहीको भैरहवा र बुटवल हुँदै काठमाडौं ल्याईएको थियो । चिकित्सकका अनुसार भने ईम्युनोसिस्टम कमजोर बन्दै गएर खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएको हो । 

मन्त्री पाण्डे पहिलो पटक गत वैशाख ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्रीमा नियुक्त भएकी थिईन्। उनी जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सदस्य बनेकी हुन् ।