• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

जापनिज महिलाहरु हाँस्दा किन मुख छोप्छन् ?



एजेन्सी । तपाईहरु मध्ये कतिले विचार गर्नु भएको छ, जापनिज महिलाहरुले हास्दा मुुख छोप्ने गर्दछन् । यो जापनको संस्कृति भने अवश्य होइन । तर धेरै महिलाहरुले यसलाई अनुशरण गर्ने गर्दछन् । 

यस्ता छन् जापनिज महिलाहरुले हाँस्दा मुख छोप्नुका कारणहरु:

  1. पहिलो कारण अमेरिकन संस्कार अनुसार महिलाहरु हाँस्नुलाई राम्रो मानिन्छ । या भनौँ अमेरिकी सँस्कारले त्यसलाई पक्षपोषण गर्दछ । तर जापनिज महिलाहरु हाँस्दा मुख छोप्ने सँस्कार रहेको छ । जापनिज सँस्कारमा महिलाहरु ठूलो स्वरले हाँसेको राम्रो मानिदैन । 
  2. देश्रो कारण जापानिज महिलाहरुमा अन्य मूलुकको महिलाहरुको भन्दा फरक किसिमको उदारणीय दाँत हुने गर्दछ । धेरै जसो जापनिज महिलाहरुको वाङगोटिङगो र टेढा दाँत हुन्छन् । त्यसकारण उनिहरु आफ्नो बाङ्गोटिङ्गो दाँतहरु देखाउन लाज मान्छन्।
  3. तोश्रो कारण सबै जापनिज महिलाहरुको दाँत बाङ्गोटिङ्गो हुँदैन । अन्य महिलाहरुले आफूभन्दा पाका महिलाहरुको सिको गरेर वा नक्कल गरेर हाँस्दा मुख छोप्ने गर्छन् । 
  4. चौथो कारण जापनिज महिलाहरुलाई हाँस्दा मुख छोप्नु पर्ने कुनै कानून त छैन । तर पनि जापनिज समाजले महिलाहरुको उक्त कार्यलाई स्विकारेका छन् । जापानिज समाजले भन्ने गर्छन मुख छोपेर हाँस्नुनै महिलाहरुको लागि आकर्षणको केन्द्र हो । तर जापानमा हुने अन्य विदेशी महिलाहरुको हकमा भने यो अनिवार्य छैन।
  5. विश्वका धेरै मानिसहरु जापनिज महिलाहरुले दुवै हातले मुख छोपेर हाँसेको देख्दा अच्चमित पर्छन् । तर जापनिज महिलाहरुले भने त्यसलाई शिष्टचारको रुपमा ग्रहण गर्ने गरेका छन् ।