• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैन्य फिर्ता



संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले डारफोरमा रहेको मिसनबाट शान्ति सैनिकहरु फिर्ता भएको जनाएको छ । सो कुराको जानकारी डारफोरमा रहेको संयुक्त राष्ट्रसंघ मिसनका लजिस्टिक प्रमुखले दिनुभएको हो । डारफोरमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनका लजिस्टिक प्रमुख अतुल खारेले मंगलबार सो जानकारी दिनु भएको छ  । उहाँले दक्षिण सुडानको डारफोरमा रहेको मिसनका सदस्यहरु हटेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सो मिसनमा रहेका शान्ति सैन्य र अरु सबै कर्मचारीहरु पनि त्यहाँबाट हटेका बताइएको छ ।त्यहाँ गएको १३ वर्षदेखि जारी रहेको हिंसाबाट यहाँका नागरिकलाई बचाउनका लागि संयुक्त राष्ट्रसंघीय मिसन शुरु भएको थियो । सो मिसनको अन्तिम समय सन् २०२० को डिसेम्बर ३१ सम्म मात्र रहेको थियो ।

तर हिंसा जारी नै रहेको भनेपछि यहाँका अधिकारीहरुले आजसम्म यो मिसन जारी राखेका थिए । तर मंगलबारदेखि ती मिसनका सबै सैनिक र कर्मचारी फिर्ता भएका बताइएको हो । गत जुन ३० मा त्यहाँका ६ हजार प्रहरी र सैनिक फिर्ता भएका थिए । अरु बाँकी रहेका शान्ति सैनिक, प्रहरी र अरु कर्मचारीहरुले पनि मंगलबार सुडान छोडिसकेका छन् । (रासस-सिन्ह्वा)