२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको कार्यकारिणी बैठक बस्दै, सरकारमा जाने मन्त्रीको नामबारे छलफल हुने



अ+ अ-

काठमाडौं । मंगलबारदेखि सुरु भएको जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय बालकुमारीमा १ बजेदेखि बैठक बस्दैछ । 

आज बस्ने बैठकले महन्थ ठाकुरसहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाउने निर्णय गर्ने र जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बताइएको छ ।

मंगलबार बसेको बैठकले संसदीय दलको विधान पारित र लुम्बिनी प्रदेशका तिन सांसदलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।