५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना

भारतका दुई राज्यमा प्रहरीबीच किन गोली हानाहान भयो ?

भारतका दुई राज्यमा प्रहरीबीच किन गोली हानाहान भयो ?
अ+ अ-

नयाँदिल्ली । भारतमा दुई राज्यका प्रहरीबीच झडप हुँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ। पश्चिमोत्तर राज्यहरू आसाम र मिजोरमको सीमामा उक्त विरल घटना भएको हो।

मुख्यमन्त्रीसहित दुवै तर्फका अधिकारीले एकअर्कामाथि हिंसा भड्काएको आरोप लगाएका छन्। सीमासम्बन्धी दुई राज्यबीच महिनौँदेखि जारी तनावबीच यो घटना भएको हो।

मिजोरम र आसाम राज्यबीच १६४ किलोमिटर सीमा छ। सीमाङ्कनको विषयमा दुवै पक्षको आआफ्नै दाबी छ। ती दाबीलाई लिएर दुवै पक्ष प्रायः झगडा गरिरहन्छन् र कहिलेकाहीँ हिंसात्मक घटना पनि हुने गर्छ। तर दुई राज्यका प्रहरीबीच प्रत्यक्ष सङ्घर्ष भएको यो पहिलो घटना हो। भिडन्तमा मारिनेमा आसामका प्रहरी छन्।

सन् १९९४ देखि नै सङ्घीय सरकारले दुई राज्यबीच सहमतिका लागि मध्यस्थता गर्ने प्रयास गर्दै आए पनि कुनै उपलब्धि हुन सकेको छैन। सोमवार केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीसँग कुरा गरी सीमा विवादबारे सौहार्दपूर्ण समाधान खोजी शान्तिको सुनिश्चितता गर्न आग्रह गरेको जनाइएको छ।

मिजोरम र आसाम अन्य पाँचवटा राज्यसहित पश्चिमोत्तर भारतमा पर्छन् जुन तिब्बत सीमाको हिमाली क्षेत्रदेखि बाङ्ग्लादेशी सिमानाको समथर भूभागसम्म अनि पूर्वमा म्यान्मारको सीमावर्ती जङ्गलसम्म फैलिएका छन्।

औपनिवेशिक कालमा लुशाई हिल्स नामले मिजोरम चिनिन्थ्यो। त्यतिबेला मिजोरम आसाममै पर्थ्यो। भारत स्वतन्त्र भएको करिब तीन दशकपछि सन् १९७२ मा मिजोरमले मान्यता पायो जब त्यो सङ्घीय सरकार(प्रशासित क्षेत्र बन्यो।

सन् १९८७ मा मिजोरमले पूर्ण रूपमा एउटा राज्यको मान्यता पायो। आसामका तीन जिल्लाको सिमाना मिजोरमकै तीनवटा नै जिल्लासँग जोडिएको छ।

वनजङ्गल भएको क्षेत्रका धेरै बिन्दुमा विवाद छन् अनि दुवै राज्यले एकअर्कामाथि भूमि अतिक्रमणको आरोप लगाउँदै आएका छन्।

सन् १९९४ मा पहिलो पटक विवाद उत्पन्न भयो र सङ्घीय सरकारको मध्यस्थतामा कैयौँ चरणका वार्ताहरू भए। तर बेलाबखत हिंसा हुँदै आएको छ।

आसाम र मिजोरमका बासिन्दाबीच सातामा दुई पटक झडप भएपछि सन् २०२० को अक्टोबरमा अभूतपूर्व तहमा तनाव चर्कियो।

त्यस बेला दुवै तर्फका आक्रोशित बासिन्दाले टहरा तथा साना पसलमा आगजनी गरे। घटनामा कम्तीमा आठ जना घाइते भएका थिए।

घटनाको केन्द्रमा रहेको एउटा कदमअन्तर्गत एउटा सीमावर्ती विवादित क्षेत्रबाट असम राज्यले मानिसहरूलाई हटायो।

अधिकारीहरूले सो क्षेत्रमा रहेको एउटा फार्महाउसका साथै बालीनाली पनि जलाएको बताइएको थियो।

मिजोरम राज्य सरकारले त्यसको जबाफमा असमले आफ्नो दाबी गर्दै आएका केही क्षेत्रमा सेना परिचालन गर्‍यो।

तनाव मत्थर पार्न सङ्घीय सरकारले हस्तक्षेप नगरुन्जेल दुवै राज्यका बासिन्दाले राजमार्गहरू बन्द गर्दा करिब तीन सातासम्म यातायात अवरुद्ध रह्यो।

यसपालि के भएको हो ?
स्थानीय रिपोर्टहरूका अनुसार एउटा विवादित सीमाबिन्दु लैलापुरमा दुवै राज्यका प्रहरीबाट झडप भएको हो।

आसामका मुख्यमन्त्री हिमन्ता बिस्व सरमाले संवैधानिक परिधिको रक्षा क्रममा मिजोरमको फौजबाट आफ्नो राज्यका प्रहरीहरू मारिएको ट्विटरमार्फत् जानकारी गराए। तर मिजोरमका अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका छन्।

मिजोरमका गृहमन्त्री लालचाम्लिआनाले आसामका प्रहरी अधिकारीहरू सेन्ट्रल रिजर्भ पुलिस फोर्सद्वारा सञ्चालित एउटा पोस्टमा बलपूर्वक प्रवेश गरेपछि जबाफी कारबाहीस्वरूप गोली चलाएको बताएका छन्।

सङ्घीय सरकारले विवादित नाकामा सीआरपीएफलाई 'तटस्थ फौज'को रूपमा परिचालन गरेको छ। (बीबीसी)