• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह

आजको शेयर बजार: नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो



काठमाडौँ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ कायम भएको छ ।

आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ । आजको कारोबारमा ३७ कम्पनीका शेयर मूल्य बढेका छन् भने एक सय ५९ कम्पनीका शेयर मूल्य घटेका छन् ।

आज भएको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक मात्रै बढेको छ भने अन्य सबै समूहका उपसूचक घटेका छन् । होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ३४ अङ्कले बढेको छ भने बैंकिङ समूह १७ दशमलव ४२, विकास बैंक समूह ३० दशमलव ८०, वित्त समूह १९ दशमलव ९९,जलविद्युत् समूह १२ दशमलव ३४ अङ्कले घटेको छ ।

त्यस्तै व्यापार समूह शून्य दशमलव १७, जीवन बीमा समूह ८३ दशमलव ६४, उत्पादन समूहको उपसूचक ५५ दशमलव ४९, लघुवित्त समूह नौ दशमलव ८७, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूहको उपसूचक ३६ दशमलव ६०, अन्य समूह १० दशमलव ०६ तथा लगानी समूह १८ दशमलव २७ अङ्कले घटेको छ ।

आजको बजारमा सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०९ प्रतिशतले बढेको छ भने नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक शेयर रु ६७ करोड दुई लाख ९३ हजार बराबरको ५१ लाख कित्ता शेयर किनबेच भएको छ ।