५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा स्थानीय स्तरमै देखिएका कोभिड संक्रमितको संख्यामा बृद्धि



अ+ अ-

बेइजिङ । चीनमा शनिबार स्थानीय स्तरका १०१ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् ।
प्राप्त समाचारअनुसार यहाँ बिहीबार र शुक्रबारका तुलनामा यहाँका संक्रमितहरुको संख्यामा शनिबार बृद्धि भएको हो । 

चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीमा यहाँ शनिबार १०१ जना संक्रमित देखिएका छन् । ती संक्रमितमरु यहाँको स्थानीय स्तरमै देखिएका संक्रमितहरु हुन् ।

प्राप्त समाचारमा ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो ।

अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी संक्रमित उपचाररत छन् । ती अधिकारीहरुका अनुसार तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यसैगरी चीनमा शनिबार मात्र विभिन्न देशबाट गरी थप ९४ जना कोरोना संक्रमित भेटिएका छन् । चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो संक्रमण सर्न पाएको छैन ।

चीन सरकारले नागरिकहरुलाई कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ । (.रासस/सिन्ह्वा)