२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपः कसले जित्ला ‘गोल्डेन बुट’ ?



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपको प्रि–क्वार्टरफाइनल चरणका खेलहरू सम्पन्न भइसकेका छन् । नेदरल्याण्ड्स, अर्जेन्टिना, क्रोएसिया, ब्राजिल, इंग्ल्याण्ड, फ्रान्स, मोरक्को र पोर्चुगलले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

आफ्नो टोलीको उत्कृष्ट प्रदर्शनसँगै दर्शकहरुले फिफा विश्वकपमा प्रदान गरिने अवार्डमाथि पनि चासो राख्दछन् । यी मध्ये एक हो ‘गोल्डेन बुट’ । यो अर्वाड विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई दिइन्छ ।

अन्तिम पटक २०१८ मा रसियामा भएको विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनलाई गोल्डेन बुट दिइएको थियो । उनले ६ गोल गरेका थिए ।

गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एम्बाप्पे सबैभन्दा अगाडि छन् । उनले चार खेलमा पाँच गोल गरेका छन् । एमबाप्पे बाहेक इंग्ल्यान्डका मार्कुस रासफोर्ड र बुकायो साका जस्ता युवा खेलाडी दावेदार छन् । यसैबीच, अर्जेन्टिनाका अनुभवी खेलाडी लियोनल मेसी पनि यसको दावेदार छन् ।

गएराति भएको खेलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ६–१ गोलले पराजित गर्दा पोर्चुगलका गोन्सालो रामोसले ह्याट्रिक गर्दै गोल्डेन बुटको दावेदारी प्रस्तुत गरेका छन् । जारी विश्वकपमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी समेत बने ।

खेलाडी                                                      देश                            गोल संख्या
किलियन एम्बाप्पे                                       फ्रान्स                                 ५
लियोनल मेसी                                         अर्जेन्टिना                               ३
बुकायो साका                                         इंग्ल्याण्ड                                 ३
मार्कुस रासफोर्ड                                     इंग्ल्याण्ड                                 ३
ओलिभर जिरुड                                      फ्रान्स                                     ३
रिचार्लिसन                                             ब्राजिल                                    ३
गोन्सालो रामोस                                      पोर्चुगल                                    ३