९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

मकवानपुरमा कांग्रेसका कार्यकर्ताद्वारा पत्रकारमाथि कुटपिट

मकवानपुरमा  कांग्रेसका कार्यकर्ताद्वारा पत्रकारमाथि कुटपिट
file photo
अ अ+ अ-

हेटौँडा । मकवानपुरमा नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै कांग्रेसका कार्यकर्ताहरुले दुईजना पत्रकारमाथि कुटपिट गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका( २ स्थित पल्पसा होटलमा आइतबार राति कांग्रेसका करिब एक दर्जन कार्यकर्ताले वागमती एक्सप्रेस साप्ताहिक पत्रिकाको प्रकाशक रमेश बञ्जरा (इन्द्र) तथा पत्रकार रामकुमार रिजाल (एलन) माथि कुटपिट गरेका हुन् ।

कुटपिटमा पत्रकार बञ्जरा र एलन घाइते भएका छन् । घाइते दुई पत्रकारले ज्यान मार्ने उद्योगमा उनिहरुबिरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेका छन् ।

यसैबीच नेकपा एसनिकट समाजवादी प्रेस संगठनले एक विज्ञप्ति जारी गर्दै एलनमाथि कुटपिट गर्ने र योजनाकारको पहिचान गरी कारबाहीको माग गरेको छ । समाजवादी प्रेस संगठनले उपमहासचिव राजकुमार एलनलाई राजेश भेटुवालसहितको २०र२२ जनाको जत्थाले कुटपिट गरेको र पत्रकार महासंघ वागमतीका महासचिव कृष्ण सारु मगरमाथि पनि कुटपिट गरिएको भन्दै कारबाहीको माग गरेको छ ।

मकवानपुर कांग्रेसले आइतबार मात्रै पत्रकार सम्मेलन गरी वागमती एक्सप्रेसमा प्रकाशित समाचार झूट रहेको र त्यस्तो समाचार प्रकाशन नगर्न चेतावनी दिएको थियो ।