२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेले गरे दुई गोल



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा पोल्याण्डलाई ३-१ गोलले पराजित गर्दै फ्रान्सले अन्तिम ८ मा स्थान पक्का गरेको हो । फ्रान्सलाई जित दिलाउन किलियन एम्बाप्पेले दुई गोल एक असिस्ट तथा ओलिभर जिराउडले एक गोल गरे । पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा फ्रान्सका ओश्मान डेम्बेलेले प्रहार गरेको बललाई पोल्याण्डका गोलकिपर सेजनीले सजिलै नियन्त्रणमा लिए । २० औं मिनेटमा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले प्रहार गरेको बल फ्रान्सको पोस्ट भन्दा थोरै बाहिरिन पुग्यो ।

३८ औं मिनेटमा पोल्याण्डका जेलेन्स्कीले प्रहार गरेको बललाई फ्रान्सका गोलकिपर ह्युगो लोरिसले सजिलै निण्न्त्रणमा लिए । ४४ औं मिनेटमा जिराउडले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । उनलाई एम्बाप्पेले पास उपलब्ध गराएका हुन् ।

७४ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । उनलाई डेम्बेलेले पास उपलब्ध गराए । यस्तै ९० औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा फ्रान्सका लागि तेस्रो गोल गरे ।

खेलको इन्जुरी समयमा पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे ।