• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

वर्तमान सत्ता गठबन्धनको विकल्प खोजेका छैनौँः माओवादी केन्द्र



file photo

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्नु नहुने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नयाँ सरकार बनाउन गठबन्धनमा आधारित भएर सोच्नुपर्ने बताउनु भयो । गठबन्धनमा कुनै विमति वा असहमति पैदा नभएको भन्दै उहाँले आफूहरु गठबन्धन फेर्नुपर्छ भन्ने अवस्थामा नपुगेको उल्लेख गर्नुभयो ।

यो पनि पढ्नुहोस- सरकार गठनका लागि सबै बिकल्प खुल्ला राख्ने माओवादीको निर्णय

उहाँले पार्टीले गठबन्धनको विकल्प नखोजेको स्पष्ट पार्नुभयो । सोमवार गठबन्धनको बैठक बस्नेबारे जानकारी दिदैँ उहाँले सो बैठकमा निर्वाचनको समिक्षा गर्ने र अगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताउनु भयो । उहाँले भन्नुभयो – ‘सरकार गठनका बारेमा उल्लेखनिय रुपमा विषय प्रवेश भएको छैन । पहिलो कुरा अहिले गठबन्धनमा भएको हुनाले गठबन्धनका घटकहरु बीचमा कुराकानी हुने कुरा स्वतः भइहाल्यो ।

गठबन्धनका घटकहरुले कसरी सोचिराखेको छ भन्नेकुरा पनि हुने भयो । त्यसकारणले गर्दाखेरी अहिले गठबन्धन नै मुख्य रुपमा रहेको हुनाले गठबन्धनकै प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको हुनाले गठबन्धनमै रहेर सोच्न कुरा त स्वभाविक प्रक्रिया नै भयो । त्यसकारणले छिट्टै गठबन्धनको बैठक बस्नुपर्छ भन्ने कुरा भएको छ । भोलि नै गठबन्धनको बैठक बस्नुपर्छ । र, गठबन्धनको बैठक बसेर निर्वाचनसँग जोडिएका कतिपय सीमाहरुको, कतिपय कमीकमजोरीहरु पनि हुनसक्छ । त्यसको पनि समिक्षा गरौँ र त्यसपछि कसरी अगाडी बढ्ने सोचहरु बनेको छ भन्ने विषयमा पनि मोटामोटी रुपले छलफल गरौं भनेर भोलि गठबन्धनको पनि आयोजना भएको छ ।

सरकार गठनको विकल्पहरुको बारेमा कुराकानी शुरु भएकै छैन । त्यस्तो कुराकानी भएकै छैन । हामी गठबन्धनमा भएको हुनाले पहिलो कुरा त गठबन्धनमा आधारित भएर सोच्ने कुरा भयो नि । अहिले गठबन्धनमै भएको हुनाले गठबन्धनमा कुनै विमति पैदा भएर, कुनै असहमति पैदा भइसकेको अवस्था त होइन । गठबन्धन तोड्नुपर्छ । फेर्नुपर्छ भन्ने कुरामा पुगेको अवस्था होइन अहिले । पहिलो कुरा गठबन्धनमा रहुँ । गठबन्धनबाट को–कोसँग वार्ता गर्ने, को कोसँग कुरा गर्ने, गठबन्धनमा अझ बलियो कसरी बनाउने, कति कुरा मिल्छन्, कति कुरा मिल्दैनन् । त्यो त गठबन्धनमा निर्भर रहने विषय भयो । त्यसो भएको हुनाले अहिले पार्टीले गठबन्धनको विकल्प तुरुन्तै सोचिसकेको अवस्था होइन ।’

महासचिव गुरुङले नेकपा (एमाले) सँग गठबन्धन गर्ने सम्बन्धमा छलफल नभएको बताउनु भयो । उहाँले एमालेसँग पनि कुनै प्रकारको कुराकानी नभएको स्पष्ट पार्नुभयो । माओवादी केन्द्रले सरकार गठनको लागि पहिलो प्रयास गठबन्धनभित्रै गर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘एमालेसँग गठबन्धन गर्ने कुरा विषय प्रवेश नै भएको छैन । त्यस्तो केही कुराकानी नै भएको छैन कुनैपनि प्रकारको । अहिले त गठबन्धनमै रहेको हुनाले विकल्पको बारेमा त्यस्तो कुनै कुराकानी भएको छैन । गठबन्धनको विकल्पको बारेमा अहिले खासै कुरा शुरु भएको छैन । अहिले गठबन्धन नै भएको हुनाले गठबन्धनबाट नै पहिलो प्रयास त्यही हुने कुरा स्वतः भइहाल्यो नि । भोलि गठबन्धनको बैठक पनि आयोजना भएको छ । त्यसकारण मुलभुत रुपमा यिनै कुराहरु रहेका छन् । एमालेसँगको गठबन्धनको विषयमा भने विषय प्रवेश नै भएको छैन । अहिले त गठबन्धनमै रहेको हुनाले विकल्पको बारेमा त्यस्तो कुनै कुराकानी भएको छैन । गठबन्धनको विकल्पको बारेमा अहिले खासै कुरा शुरु भएको छैन । अहिले गठबन्धननै भएको हुनाले त्यहीबाट शुरु हुने कुरा स्वभाविक भइहाल्यो नि ।’

महासचिव गुरुङले निर्वाचन परिणाम अपेक्षा गरे अनुरुप नआएपनि सफल र परिणाममुखि नै भएको बताउनु भयो । निर्वाचन परिणामलाई स्वीकार्दै र कमी, कमजोरीहरुलाई सुधार्दै पार्टीलाई सुदृढ बनाउँदै अघि बढाउने बैठकको निस्कर्ष रहेको उहाँको भनाई छ ।