३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार गठनका लागि सबै बिकल्प खुल्ला राख्ने माओवादीको निर्णय



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला रहेको स्पष्ट पारेको छ । रोल…

शनिबार (आज) अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढन सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने प्रष्टयाएको हो । सरकार गठनबारे विभिन्न विकल्पहरु खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताउनु भयो ।

बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै पार्टीका उपाध्यक्ष महराले भन्नुभयो, ‘निर्वाचनको प्रारम्भिक समिक्षा गरियो । अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समिक्षा भयो । समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो । दोस्रो, बनाएको गठबन्धन छोडने निर्णय गरिएको छैन । र, अन्य अपशन पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोडने, तोडने निर्णय पनि गरिएको छैन ।’

माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दवाव पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरुसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको बताइएको छ । उपाध्यक्ष महराले बैठकमा सत्तारुढ गठबन्धन छोडने सोचमा पनि पार्टी नरहेको बताउनु भयो ।

सोमबार (भोली) अपरान्ह २ बजेपनि पदाधिकारी बैठक बोलाइएको र त्यसले निर्वाचनको समग्र विषयमा समिक्षा गरेर अघि बढने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताउनु भयो ।