२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्छः मन्त्री कुँवर(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताउनुभएको छ ।

आईतवार नेपाल एफएम नेटवर्कको १९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताउनुभएको हो । उहाँले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताउनु भयो ।

मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरु भन्दा विदेशीहरु बढीरहेको भन्दै नेपाली श्रमीकहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक रहेको बताउनु भयो । उहाँले लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेहरुका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गर्नुभयो ।

मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमीकहरुको नियमन गर्न नसकेको बताउनु भयो । उहाँले गत ३ वर्षको तथ्यांकअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको बताउनु भयो । नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा जनसंख्या विदेशमा रोजगारीको लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ । जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकहरुको आकर्षण पनि छैन । मजदुरहरुको अवस्था हेर्दा विदेशी धेरै छन् । नेपालीहरु कम मात्रै देखिन्छन् नेपालका कम्पनीहरुमा काम गर्ने । हामी खाडीमा गइरहेका छाँै, हामीले मजदुरी प्राप्त गर्नुपर्ने ठाउँमा हाम्रा मजुर छैनन् । केही पैसा आउने ठाउँमा हाम्रा मजदुरहरु छैनन् । गलैंचा, इलेक्ट्रिक सामान, सुनचाँदी, होटल व्यवसाय अधिकांश क्षेत्रमा मजदुरी अर्कोले ओगटेको छ, नेपाली श्रमीकहरु छैनन् ।’

‘हाम्रा श्रमीकहरुलाई हाम्रै देशमा बस्ने वातावरण कसरी सिर्जना गर्ने रु यस बारेमा सोच्नुपर्छ । गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएका छन् । भिजिट र लुकेर गएकाको संख्या कति हो यकिन छैन । हामी भिजिट भिसा नलिनुस् भन्दैछौँ, नेपालको श्रम ऐनले भिजिट भिसा लिएर गएकाहरुलाई केही पनि सुविधा दिँदैन । श्रम स्वीकृति लिएकोलाई मात्रै बीमाको सुविधा छ, अरु अरु सुविधा छ । यो कुरालाई सञ्चारमाध्यमले ल्याउनुपर्छ । यस्ता कुराको नियन्त्रण गिरोहले गर्ने हो ।’

‘अध्यागमनले हो, त्यो भइरहेको छैन । त्यसैले कहाँ कहाँ कमजोरी भएका छन्, कहाँ समस्या छन्, सञ्चारमाध्यम त्यहाँ पुग्नुपर्छ । भिजिट भिसाबाट जानेहरुको नियन्त्रण गर्न नै गाह्रो छ । श्रमसँग मिडिया जोडिनु आवश्यक छ । ३ वर्षको डेटा लिने हो भने ४६ लाख नेपाली नागरिकहरु विदेशमा जानुभएको छ । परिवारका सदस्यको त हिसाव नै छैन । झन्डै नेपालको आधा जनसंख्या विदेशी श्रममा गएको छ । यसलाई कसरी नियन्त्रण गर्ने यो विषयमा हामीले छलफल गर्न आवश्यक छ ।’

मन्त्री कुँवरले श्रम मन्त्रालयबाट विदेशबाट फर्किएकाहरुका लागि पुनः एकीकरणको कार्यक्रम ल्याइएको भन्दै कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाख सम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दाबी गर्नुभयो । मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।