२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबल: पोर्चुगल र दक्षिण कोरिया नकआउट चरणमा



अ+ अ-

काठमाडौं ।  फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह एचको खेलमा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।

कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको समूह चरणको निर्णायक खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस खेलसँगै पोर्चुगल समुह विजेता र दक्षिण कोरिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरे ।

खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै खेलको २७औं मिनेटमा कोरियाका किम योङ जीओनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफसम्म एक(एक गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा कोरियाले एक गोल थप्दै दक्षिण कोरियाको जीत सुनिश्चित गर्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा ह्वाङ हिचेनले गोल गरेपछि कोरियाले पोर्चुगलमाथि २(१ को जित निकाल्यो ।

यसैबीच समूह एचको अर्को खेलमा उरुग्वे घानालाई २-० गोलअन्तरले विजयी भएको छ । घानाले खेलको १७औं मिनेटमा पेनाल्टीमार्फत् अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी उरुग्वेका गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको माध्यमबाट पेनाल्टी पाएको थियो ।

त्यस्तै उरुग्वेले खेलको २६औं मिनेटमा अग्रता लियो । नजिअर्जिअन डे अरासेटाले गोल गर्दै उरुग्वेलाई पहिलो अग्रता दिलाएपछि खेलको ३२औँ मिनेटमा अरासेटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरे । खेलमा लुइस सुआरेजले दिएको पासलाई सदुपयोग गर्दै अरासेटाले गोल गरे ।

यससँगै समूह एचबाट घाना र उरुग्वे प्रतियोगिताबाट बाहिरिएका छन् । त्यस्तै यस नतिजासँगै पोर्चुगलले तीन खेलमा ६ अंक जोड्दै समूहको पहिलो स्थानमा रह्यो भने समान तीन खेल नै खेलेको दक्षिण कोरिया र उरुग्वेले ४–४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे । दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया अन्तिम १६ मा पुगेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घानाले ३ अंक जोड्दै चौथो स्थानमा रहयो ।(((