• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

ग्रेडर चालकविरुद्ध किटानी जाहेरीपछि आफन्तले बुझे चेतनाको शव



धनगढी । धनगढीमा ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया बालिका चेतना साउदको शव परिवारले बुझेको छ ।

जिल्ला प्रहरी कार्यालयले बालिकालाई ठक्कर दिने ग्रेडरका चालक भरतपुर महानगरपालिका-२८ का २७ वर्षीय बिकल कुमालविरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन् ।

चालकविरूद्व किटान जाहेरी दर्ता भएर अदालतबाट ४ दिन म्याद थप गरिएपछि परिवारले शव बुझेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । मृतकको शव सेती प्रादेशिक अस्पतालमा परीक्षण गरेपछि परिवारलाई जिम्मा लगाएको हो ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले साइकलमा विद्यालय गइरहेकी साउदलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको थियो ।

पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत साउदको मृत्यु भएपछि सो विद्यालयका विद्यार्थीहरुले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यलय कैलालीले निषेधाज्ञा जारी गरेको थियो ।

विद्यार्थीहरु निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि परिस्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेपछि शुक्रवार धनगढीको स्थिति तनावग्रस्त बनेको थियो ।