५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रेडर चालकविरुद्ध किटानी जाहेरीपछि आफन्तले बुझे चेतनाको शव



अ+ अ-

धनगढी । धनगढीमा ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया बालिका चेतना साउदको शव परिवारले बुझेको छ ।

जिल्ला प्रहरी कार्यालयले बालिकालाई ठक्कर दिने ग्रेडरका चालक भरतपुर महानगरपालिका-२८ का २७ वर्षीय बिकल कुमालविरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन् ।

चालकविरूद्व किटान जाहेरी दर्ता भएर अदालतबाट ४ दिन म्याद थप गरिएपछि परिवारले शव बुझेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । मृतकको शव सेती प्रादेशिक अस्पतालमा परीक्षण गरेपछि परिवारलाई जिम्मा लगाएको हो ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले साइकलमा विद्यालय गइरहेकी साउदलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको थियो ।

पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत साउदको मृत्यु भएपछि सो विद्यालयका विद्यार्थीहरुले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यलय कैलालीले निषेधाज्ञा जारी गरेको थियो ।

विद्यार्थीहरु निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि परिस्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेपछि शुक्रवार धनगढीको स्थिति तनावग्रस्त बनेको थियो ।