२५ आश्विन २०८१, शुक्रबार
,
Latest
संस्कृति जोगाउन पिर्के पिङको संरक्षण दसैँ मान्न तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए राजनीतिक दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छ: शंकर पोखरेल तराईको ताइचिनले बिस्थापित हुँदै भक्तपुरे ताइचिन चिउरा नेपाल फर्किए सन्दीप, अमेरिकाको भिसाका लागि प्रयास गर्ने इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा काभ्रेमा सुख्खा पहिरोले बस र सुमो पुरियो, बीपी राजमार्ग पुन: अवरूद्ध एमाले मुख्यालय बनाउन भाटभटेनी प्रमुख मिनबहादुरबाट जग्गा प्रदान ,प्रधानमन्त्री ओलीद्वारा शिलान्यास विपद्मा काभ्रे: अधिक मानवीय तथा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सरकारमा जाँदैन, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ: प्रवक्ता शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले राप्रपा सरकारमा सहभागी नहुने बताउनुभएको छ ।

न्युजपोलारसँग कुरा गर्दै शाहीले भन्नुभयो, “सरकारमा जाने कुरा सोच्न पनि सकिँदैन, हामी शक्ति र सत्ताको पछाडि लाग्दैनौँ।”

सता गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्याउनका लागि अन्य दलसँग छलफल चलाएको उल्लेख गर्दे शाहीले भन्नुभयो, “हामी उहाँहरुको कुनै लोभ लालचामा फस्दैनौ ँ।” राप्रपाले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “संसद्को धज्जी उडाउने, नीतिगत भ्रष्टाचार गर्ने र बेथितिविरुद्ध सशक्तरुपमा प्रस्तुत हुन्छौँ ।”

उहाँका अनुसार राप्रपालाई सरकारमा जाने नभई विपक्षमा बसेर खबरदारी गर्ने जनमत प्राप्त भएको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लाबाट ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गोमा गौतम ९कुँवर० लाई १० हजार आठ सय ६० मतान्तरले पराजित गर्दै शाही निर्वाचित हुुनुभएको हो ।

उहाँले २२ हजार आठ सय १९ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी गौतमलाई ११ हजार नौ सय ५९ मत प्राप्त भएको थियो ।