• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo

कतार विश्वकप: समूह चरणका ४ खेलहरु हुँदै



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरु हुँदैछन् । समूहगत चरणको अन्तिम दिन समूह ‘एच’ र समूह ‘जी’ बाट प्रिक्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्ने छ।

यस्तै समूह एचमा रहेको पोर्चुगलले दक्षिण कोरिया र उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्ने छन् । दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

यस समूहबाट पोर्चुगलले ६ अंक जोडेर नकआउट चरणमा स्थान बनाईसकेको छ । घाना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने दक्षिण कोरिया १ अंकसहित तेस्रो र उरुग्वे पुछारमा रहेको छ ।यस समूहबाट अरु टोली पनि नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।

समूह जीअन्तर्गत ब्राजिलले क्यामरुन र स्वीट्जरल्यान्डले सर्बियासँग प्रतिस्पर्धा गर्दै छ। दुबै खेल राति १२:४५ बजे सुरु हुनेछ ।

यस समूहबाट ब्राजिलले ६ अंकसहित नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ३ अंक जोडेर स्विट्जरल्यान्ड दोस्रो स्थानमा रहेको छ भने क्यामरुन र सर्बिया १/१ अंक जोडेर तेस्रो र अन्तिममा रहेको छ । यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने उत्तिकै सम्भावना रहेको छ ।

३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका कतार विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।