२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि बाजुराको मतगणना रोकियो



अ+ अ-

धनगढी । बाजुरामा मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना भइरहदा मुचुल्कामा भन्दा ४० बढी मतपत्र पाइएपछि गणना रोकिएको हो ।

मुचुल्कामा दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा दुई हजार ३४२ मतपत्र भेटिएपछि गणना रोकेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।उनले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफलपछि पुनः गणना सुचारु गर्ने जानकारी दिए ।

यहाँ प्रतिनिधिसभातर्फको सात हजार ५१० मत गणना भईसकेको छ । उक्त मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ४ हजार २१४ मतसहित अग्रता लिइरहेका छन् । नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मत पाएका छन्।