५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि बाजुराको मतगणना रोकियो



अ+ अ-

धनगढी । बाजुरामा मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना भइरहदा मुचुल्कामा भन्दा ४० बढी मतपत्र पाइएपछि गणना रोकिएको हो ।

मुचुल्कामा दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा दुई हजार ३४२ मतपत्र भेटिएपछि गणना रोकेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।उनले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफलपछि पुनः गणना सुचारु गर्ने जानकारी दिए ।

यहाँ प्रतिनिधिसभातर्फको सात हजार ५१० मत गणना भईसकेको छ । उक्त मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ४ हजार २१४ मतसहित अग्रता लिइरहेका छन् । नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मत पाएका छन्।