• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

राउतको दौड:दाहाल र गृहमन्त्रीसंग छुट्टा छुट्टै भेट



फाईल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न राउत दाहाल निवास खुमलटार पुग्नु भएको थियो ।

राउतले आजै गृहमन्त्री बालकृष्ण खाण बीच आजै साँझ भेटवार्ता भएको छ । पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिनुभएको थियो । आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको मन्त्री खाणको सचिवालयले जनाएको छ ।