३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा अहिलेसम्मकै बाक्लो र धेरै असिना पर्‍यो



अ+ अ-

पोखरा । आइतबार पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले टपक्कै छोपेको थियो ।

गुडिरहेका बसहरु रोकिएका थिए्, बाटो हिँडिरहेका मान्छेहरु ओत बसेका थिए् । सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परेका छन् । बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी आउने आँकलन नभएकाले पोखराका बजार क्षेत्र अवरुद्ध भएको हो । असिनाले जनजीवन साथै व्यापार व्यवसाय प्रभावित भएको छ ।

बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको छ ।

अचानक परेको असिना पानीका कारण थुपै सवार बाटोमै रोकिएका थिए । त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको थियो । यसरी असिना परेको पहिलो पटक भएको स्थानीय थम्मन ठकुरीले वताउनु भयो । असिना पानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ । असिना पानीले अवरुद्ध मानिसहरु बाटोमै अलपत्र परेका थिए ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताउनु भयो  । उहाँले बेमौसमी तरकारी यसले ठूलो क्षेती पु¥याएको बताउनु भयो । ‘पोखराको हेम्जा र मालेपाटन लगायतका विभिन्न तरकारी खेती हुने क्षेत्रमा हसिनाले व्यापक क्षेती पु¥याएको छ । यसको यकिन भने फिल्डमा पुगेर नहेरी र किसानसंग जानकारी नदिई यति नै क्षेति भयो भन्न सकिन्न । तर, व्यापक क्षेति पु¥याएको छ’, उहाँको भनाई छ  ।

आलु, रायोलगायतका तरकारी बाली लगाएको जमिनमा केको खेति थियो भन्ने नै नदेखिनेगरी असिनाको खात लागेको देखिन्छ । असिनाका कारण चारपांग्रे सवारी साधन समेत चल्न नसक्ने अवस्था आएको देखिएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्हरुले बताएका छन । अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पोखरामा असिनाको खात (फोटोफिचर)