• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

दुहबीमा एमालेको विजय जुलुसमा ढुंगामुढा, स्थिति तनावग्रस्त



काठमाडौँ । सुनसरीको दुहबीमा नेकपा (एमाले) को विजय जुलुसमाथि ढुंगामुढा भएको छ । दुहबी नगरपालिका–९ छाताबेलीमा ढुंगामुढा हुँदा झडपसमेत भएको छ ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भगवती चौधरी र प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजय र्यालीमा एक्कासि ढुंगामुढा भएको हो । त्यसपछि सो क्षेत्र केहीबेर तनावग्रस्त भएको थियो ।

ढुंगा लागेर एमाले कार्यकर्ताहरु लालमोहम्मद रैन, कुर्बान मियाँ र तवरेज आलम घाइते भएको बताइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुहबी–९ का वडाध्यक्ष तथा सुनसरी निर्वाचन क्षेत्र नं ३ का क्षेत्रीय सभापति मेहदी हुसेनको घरनजिक पुगेको विजय र्यालीमाथि एक्कासि आक्रमण भएको एमालेले जनाएको छ । सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा विसं २०४८ देखि हरेक निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका विजयकुमार गच्छेदार यसपटकको निर्वाचनमा एमालेकी चौधरीसँग पराजित भएका छन् ।