• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   मधेश सरकारबाट बाहिरिदै एमाले र माओवादी ★   प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैन: डा. गोविन्द केसी ★   पहिचान फेरिएको फुस्रेबजार ★   राष्ट्रपति–प्रधानमन्त्री भेट ★   नारायणी नदीमा बन्ने पुलको प्रधानमन्त्रीले शिलान्यास गर्नुहुने ★   नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै कामपा ★   कोइली खोलाले बगाउँदा एकको मृत्यु ★   चैतसम्मको आर्थिक अवस्था: नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा ★   जेम्स एन्डरसनले गरे सन्यासको घोषणा, वेस्ट इन्डिजविरुद्ध लर्ड्समा अन्तिम टेस्ट खेल्ने ★   पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने

दुहबीमा एमालेको विजय जुलुसमा ढुंगामुढा, स्थिति तनावग्रस्त



काठमाडौँ । सुनसरीको दुहबीमा नेकपा (एमाले) को विजय जुलुसमाथि ढुंगामुढा भएको छ । दुहबी नगरपालिका–९ छाताबेलीमा ढुंगामुढा हुँदा झडपसमेत भएको छ ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भगवती चौधरी र प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजय र्यालीमा एक्कासि ढुंगामुढा भएको हो । त्यसपछि सो क्षेत्र केहीबेर तनावग्रस्त भएको थियो ।

ढुंगा लागेर एमाले कार्यकर्ताहरु लालमोहम्मद रैन, कुर्बान मियाँ र तवरेज आलम घाइते भएको बताइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुहबी–९ का वडाध्यक्ष तथा सुनसरी निर्वाचन क्षेत्र नं ३ का क्षेत्रीय सभापति मेहदी हुसेनको घरनजिक पुगेको विजय र्यालीमाथि एक्कासि आक्रमण भएको एमालेले जनाएको छ । सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा विसं २०४८ देखि हरेक निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका विजयकुमार गच्छेदार यसपटकको निर्वाचनमा एमालेकी चौधरीसँग पराजित भएका छन् ।