• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

पहिचान फेरिएको फुस्रेबजार



धरान । कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ स्वरुप पाएको छ । विसं २०३४ अघि फुस्रेबजार पूर्वी पहाडी जिल्लरुको मुख्य व्यापारिक केन्द्रका रुपमा लिइन्थ्यो ।

यहाँ व्यापार गर्नका लागि भोजपुर, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, फिदिमलगायतका धेरै जिल्लाका स्थानीय उत्पादनहरु चोयाको ढाकरमा बोकी हिँडेर दुई/तीन दिन लगाई सागुढीगडी हुँदै व्यापार गर्न यहाँ आउने गरिएको बुढापाकाहरु बताउँछन् । त्यतिबेला फुस्रेबजारमा कलात्मक मूर्तिहरुसँगै मौलिक सामग्री पनि व्यापार गर्ने गरिन्थ्यो ।

विसं २०३७/३८ सालपछि धरान–धनकुटा सडक विस्तार गएपछि पहाडी भेगका धेरै ठाउँमा सडकको पहुँच पुगेसँगै यो बजार सुनसान बन्दै गयो । केही वर्षसम्म सुनसानजस्तै बनेको फुस्रेबजारमा अहिले भने निकै चहलपहल देखिन थालेको छ । त्यही ऐतिहासिक रुप दिन २०७७ सालमा फुस्रे चोकमा पुराना व्यापार व्यवसायीहरुको ढाकर बोक्दै गरेको र बजार भर्दै गरेका स्थानीयहरुको दर्जनौँ मूर्तिहरु राखिएको छ ।

फुस्रे आसपासमा थुप्रै मूर्ति र पार्कहरु बन्न थालेपछि त्यसको अवलोकनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । धरान–१३ मा निर्माण गरिएको श्रम संस्कृति उद्यान, विपी पार्क पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।

सर्दु, खर्दु र निसाने खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा निर्माण गरिएको छ भने त्यसको छेउमा किरात संस्कृतिमा महत्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने आकर्षक धारा पनि बनाइएको छ ।

उद्यानको वरिपरि पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी निर्माण गरिएको छ । उद्यानका ठाउँठाउँमा राखिएका ‘साउन्ड बक्स’बाट सङ्गीतको धुन गुञ्जिरहेको हुन्छ । शान्त र सुन्दर वातावरणमा सुमधुर सङ्गीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मनै आनन्दित हुन्छ ।

फुस्रे बजार नजिकै पहिले श्रम संस्कृति पार्क ९उद्यान० मात्र बनाइएको थियो भने अहिले त्यसको आसपासमा श्रमदानबाटै दर्जनौ पार्क र बगैंचाहरु बनाइएपछि यस बजारले बेग्लै सुन्दरता पाएको छ फुस्रे चोकबाट करिब तीन सय मिटर उत्तरतिर ओसो पार्क, बीपी पार्क, एसडीबी रक गार्डेन, चिल्डेन पार्क, रोज गार्डेनलगायत थुप्रै पार्कहरु निर्माण गरिएको छ ।

अहिले फुस्रे बजार र आसपास घुम्नका लागि पर्यटकको आकर्षक गन्तव्य बनेको छ । मोरङका अस्मिता राई साथीहरुको समूहमा फुस्रे ओशो एसडीबी पार्क घुम्न पुग्नुभयो । चारैतिर फुलले ढकमक्क ढाकेको ठाउँ देख्दा निकै खुशी हुँदै उहाँ भन्नुहुन्छ, ‘‘अब फुर्सद हुनासाथ यहाँ आउनुने छु र अन्य साथीहरुलाई पनि घुम्न भन्नेछु ।’’

धरान उपमहानगरपालिका–१२ का मियरमान ह्यूजलाई पनि टाढाबाट आएका पाहुना, साथीलाई घुम्न लैजाने भरपर्दो ठाउँ बनेकामा खुशी हुनुहुन्छ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवाले समयको माग अनूसार धरानको फुस्रे पहिलेको तुलनामा अहिले निकै फेरिएको बताउनुभयो । अहिले चारैतिर पार्क बनेका छन् जुन बन्नुपर्ने नै थियो । धरानमा अहिले यो ठाउँमा धरानका मात्र नभएर धरान बाहिरका पनि धेरै पर्यटकहरु आउन थालेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) को प्रेरणाबाट स्थानीय युवाको पहलमा यो उद्यान निर्माण भएको उहाँको भनाइ छ ।

केही समयअघि उजाड र सुनसान जङ्गल जस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसायीहरु पनि खुसी भएका छन् । अहिले यो आसपासमा दर्जनौं होटलहरु खुलेका छन् । अहिले दिनमा छ सयदेखि हजार जति मान्छे घुम्न आउँने गरेको स्थानीय होटल व्यवसायी सुरज गुरुङको भनाइ छ । उहाँका अनुसार यस ठाउँमा घुम्न आउनेले जैविक खानेकुराहरुको स्वाद लिन पाइन्छ ।

फुस्रे बजारलाई पहिलेको लयमा फर्काउनको लागि अहिले स्थानीय सरकार र स्थानीयबासी जुटेका छन् । २०७७ सालमा फुस्रे चोकमा व्यापारीक ऐतिहासिकता झल्किने फुस्रे चोकमा सौन्दर्यकरण पार्क निर्माण गरिएको छ । आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनाउनको लागि धरान–१३ वरपरपर धेरै पार्कहरु निर्माण गरिरहेको र धरान फुस्रेदेखि सात सय मिटर माथि खुकुरी पार्कको निर्माण भएको छ । रासस