१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

पहिचान फेरिएको फुस्रेबजार

पहिचान फेरिएको फुस्रेबजार
अ अ+ अ-

धरान । कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ स्वरुप पाएको छ । विसं २०३४ अघि फुस्रेबजार पूर्वी पहाडी जिल्लरुको मुख्य व्यापारिक केन्द्रका रुपमा लिइन्थ्यो ।

यहाँ व्यापार गर्नका लागि भोजपुर, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, फिदिमलगायतका धेरै जिल्लाका स्थानीय उत्पादनहरु चोयाको ढाकरमा बोकी हिँडेर दुई/तीन दिन लगाई सागुढीगडी हुँदै व्यापार गर्न यहाँ आउने गरिएको बुढापाकाहरु बताउँछन् । त्यतिबेला फुस्रेबजारमा कलात्मक मूर्तिहरुसँगै मौलिक सामग्री पनि व्यापार गर्ने गरिन्थ्यो ।

विसं २०३७/३८ सालपछि धरान–धनकुटा सडक विस्तार गएपछि पहाडी भेगका धेरै ठाउँमा सडकको पहुँच पुगेसँगै यो बजार सुनसान बन्दै गयो । केही वर्षसम्म सुनसानजस्तै बनेको फुस्रेबजारमा अहिले भने निकै चहलपहल देखिन थालेको छ । त्यही ऐतिहासिक रुप दिन २०७७ सालमा फुस्रे चोकमा पुराना व्यापार व्यवसायीहरुको ढाकर बोक्दै गरेको र बजार भर्दै गरेका स्थानीयहरुको दर्जनौँ मूर्तिहरु राखिएको छ ।

फुस्रे आसपासमा थुप्रै मूर्ति र पार्कहरु बन्न थालेपछि त्यसको अवलोकनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । धरान–१३ मा निर्माण गरिएको श्रम संस्कृति उद्यान, विपी पार्क पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।

सर्दु, खर्दु र निसाने खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा निर्माण गरिएको छ भने त्यसको छेउमा किरात संस्कृतिमा महत्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने आकर्षक धारा पनि बनाइएको छ ।

उद्यानको वरिपरि पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी निर्माण गरिएको छ । उद्यानका ठाउँठाउँमा राखिएका ‘साउन्ड बक्स’बाट सङ्गीतको धुन गुञ्जिरहेको हुन्छ । शान्त र सुन्दर वातावरणमा सुमधुर सङ्गीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मनै आनन्दित हुन्छ ।

फुस्रे बजार नजिकै पहिले श्रम संस्कृति पार्क ९उद्यान० मात्र बनाइएको थियो भने अहिले त्यसको आसपासमा श्रमदानबाटै दर्जनौ पार्क र बगैंचाहरु बनाइएपछि यस बजारले बेग्लै सुन्दरता पाएको छ फुस्रे चोकबाट करिब तीन सय मिटर उत्तरतिर ओसो पार्क, बीपी पार्क, एसडीबी रक गार्डेन, चिल्डेन पार्क, रोज गार्डेनलगायत थुप्रै पार्कहरु निर्माण गरिएको छ ।

अहिले फुस्रे बजार र आसपास घुम्नका लागि पर्यटकको आकर्षक गन्तव्य बनेको छ । मोरङका अस्मिता राई साथीहरुको समूहमा फुस्रे ओशो एसडीबी पार्क घुम्न पुग्नुभयो । चारैतिर फुलले ढकमक्क ढाकेको ठाउँ देख्दा निकै खुशी हुँदै उहाँ भन्नुहुन्छ, ‘‘अब फुर्सद हुनासाथ यहाँ आउनुने छु र अन्य साथीहरुलाई पनि घुम्न भन्नेछु ।’’

धरान उपमहानगरपालिका–१२ का मियरमान ह्यूजलाई पनि टाढाबाट आएका पाहुना, साथीलाई घुम्न लैजाने भरपर्दो ठाउँ बनेकामा खुशी हुनुहुन्छ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवाले समयको माग अनूसार धरानको फुस्रे पहिलेको तुलनामा अहिले निकै फेरिएको बताउनुभयो । अहिले चारैतिर पार्क बनेका छन् जुन बन्नुपर्ने नै थियो । धरानमा अहिले यो ठाउँमा धरानका मात्र नभएर धरान बाहिरका पनि धेरै पर्यटकहरु आउन थालेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) को प्रेरणाबाट स्थानीय युवाको पहलमा यो उद्यान निर्माण भएको उहाँको भनाइ छ ।

केही समयअघि उजाड र सुनसान जङ्गल जस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसायीहरु पनि खुसी भएका छन् । अहिले यो आसपासमा दर्जनौं होटलहरु खुलेका छन् । अहिले दिनमा छ सयदेखि हजार जति मान्छे घुम्न आउँने गरेको स्थानीय होटल व्यवसायी सुरज गुरुङको भनाइ छ । उहाँका अनुसार यस ठाउँमा घुम्न आउनेले जैविक खानेकुराहरुको स्वाद लिन पाइन्छ ।

फुस्रे बजारलाई पहिलेको लयमा फर्काउनको लागि अहिले स्थानीय सरकार र स्थानीयबासी जुटेका छन् । २०७७ सालमा फुस्रे चोकमा व्यापारीक ऐतिहासिकता झल्किने फुस्रे चोकमा सौन्दर्यकरण पार्क निर्माण गरिएको छ । आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनाउनको लागि धरान–१३ वरपरपर धेरै पार्कहरु निर्माण गरिरहेको र धरान फुस्रेदेखि सात सय मिटर माथि खुकुरी पार्कको निर्माण भएको छ । रासस