• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान ★   सहिद लखन थापाको सालिक निर्माण ★   इलामको मतगणना गर्न सर्वदलीय बैठक सुरु, बझाङको दिउँसो मात्रै ★   तराईमा आजदेखि पाँच दिनसम्म तातो हावा चल्ने, काठमाडौैं पनि तात्यो ★   तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका १५० आयोजना सोकेसमा ★   इलाम २ को मतगणना आज बिहानबाट थालिने ★   आईपीएलः शीर्ष स्थानको राजस्थान रोयल्सको आठौं जित, लखनउलाई ७ विकेटले हरायो ★   नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत ★   दिल्लीले मुम्बईलाई १० रनले हरायो ★   विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ–रोहित

दुहबीमा एमालेको विजय जुलुसमा ढुंगामुढा, स्थिति तनावग्रस्त



काठमाडौँ । सुनसरीको दुहबीमा नेकपा (एमाले) को विजय जुलुसमाथि ढुंगामुढा भएको छ । दुहबी नगरपालिका–९ छाताबेलीमा ढुंगामुढा हुँदा झडपसमेत भएको छ ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भगवती चौधरी र प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजय र्यालीमा एक्कासि ढुंगामुढा भएको हो । त्यसपछि सो क्षेत्र केहीबेर तनावग्रस्त भएको थियो ।

ढुंगा लागेर एमाले कार्यकर्ताहरु लालमोहम्मद रैन, कुर्बान मियाँ र तवरेज आलम घाइते भएको बताइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुहबी–९ का वडाध्यक्ष तथा सुनसरी निर्वाचन क्षेत्र नं ३ का क्षेत्रीय सभापति मेहदी हुसेनको घरनजिक पुगेको विजय र्यालीमाथि एक्कासि आक्रमण भएको एमालेले जनाएको छ । सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा विसं २०४८ देखि हरेक निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका विजयकुमार गच्छेदार यसपटकको निर्वाचनमा एमालेकी चौधरीसँग पराजित भएका छन् ।