२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाभीको खेललाई मात्र होइन उनलाई नै मन पराउँछिन् स्पेनकी राजकुमारी



अ+ अ-

एजेन्सी । स्टार फुटबलर गाभी एक वर्षभन्दा बढी समयदेखि बार्सिलोना र स्पेनका फ्यानहरूको मनमा बस्दै आएका छन् । गाभीले स्पेनको सिनियर फुटबल टोलीमा प्रवेश गरेदेखि निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् । रिपोर्टका अनुसार अब उनले स्पेनकी राजकुमारी लियोनोरको मन पनि जितेका छन् ।

बताइए अनुसार गाभी लियोनोरको क्रस हुन् । लियोनरले उनलाई धेरै मन पराउँछिन् । यद्यपी, गाभी वा लियोनरबाट यसबारे अहिलेसम्म केही प्रतिक्रिया आएको छैन । डायरियो एएस भन्छिन् कि क्राउन प्रिन्सेस लियोनोर मिडफिल्डर गाभीप्रति क्रस छिन् । अस्टुरियाको राजकुमारी ग्लामोर्गन, वेल्सको एट्लान्टिक स्कूलमा पढ्छिन्, जहाँ विभिन्न देशका शाही परिवारहरूले आफ्नो शिक्षा प्राप्त गरेका छन् । राजकुमारी स्पेनको सिंहासनमा बस्ने दौडमा संलग्न छिन् ।

उनका बुबा स्पेनका राजा फिलिप (छैटौं) हाल दोहा कतारमा छन् । जहाँ उनले स्पेनी राष्ट्रिय टोलीलाई समर्थन गरिरहेका छन् । कोस्टारिकामाथि स्पेनको ७–० को जितपछि उनी ड्रेसिङ रुम पनि पुगेका थिए । यस क्रममा उनीसँग एउटा जर्सी पनि देखिएको थियो, जसमा गाभीको हस्ताक्षर थियो । उक्त टी–सर्ट राजाको साइज भन्दा धेरै सानो थियो । मानिसहरूले अनुमान लगाए कि यो उनको १७ वर्षीया छोरीको लागि हुन सक्छ । लियोनर यस वर्षको सुरुवातमा १८ वर्ष पुगेका गाभीभन्दा एक वर्ष कान्छी छिन् ।

विश्व स्तरमा फुटबलमा आफ्नो पहिचान बनाएका गाभी आफ्नो लुक्सका कारण पनि निकै चर्चामा छन् र उनका फ्यानहरुको संख्या पनि तिव्र गतिमा बढिरहेको छ । फिफा विश्वकप २०२२ मा स्पेनले दुई खेल खेलेको छ । जसमा एक खेलमा विजयी हुँदा एक खेलमा भने बराबरी भएको छ । स्पेन समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने प्रबल दावेदार हो । दुई खेलबाट चार अंक जोडेको स्पेन अंक तालिकाको शीर्ष स्थानमा छ ।