५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप–एम डबली मार्फत भुक्तानी गर्न सकिने



अ+ अ-

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबली मा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो ।

हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली  प्रयोगकर्ताले यो सुबिधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जनाउनु भयो ।

भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगाएतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आवद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा अवदेखि एम डबली मार्फत सहकारीका सदस्यहरुले पनि यो सुबिधा मार्फत लाभ लिन सक्ने कुराले आफुहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले जनाउनु भयो।

यो सेवा संचालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधैं सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।