• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



(सांकेतिक तस्बिर)

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ३ हात्तीसुडे बजार क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया–५ श्रीपुर बस्ने २८ वर्षीय मोटरसाइकल चालक श्याम लामा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको अनुसार गएराति हात्तीसुँडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको नालीमा खस्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका लामालाई उपचारको लागि हेटौंडाको चुरेहिल अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।