२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

समूह विजेता बन्दै नेदरल्यान्ड्स नकआउट चरणमा



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूहको अन्तिम खेलमा आयोजक कतारलाई २–० गोलले पराजित गर्दै समूह चरणमा अपराजित रहेको नेदरल्यान्ड्सले अन्तिम १६ मा स्थान बनाएको हो ।

अल बेयत रंगशालामा मंगलबार राति भएको खेलको २६ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए । ४९ औं मिनेटमा फ्रेन्की डे योङले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

नेदरल्यान्ड्स समूह विजेताको बन्दै नकआउट चरणमा प्रवेश नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्यो । सेनेगल ३ खेलमा २ जितसहित ६ अंक जोड्दै समूहको दोस्रो स्थानमा रह्यो । इक्वेडर ४ अंकसहित तेस्रो स्थानमा रहँदा आयोजक कतार भने अंकबिहिन बन्दै पुछारमा रह्यो ।