५ भाद्र २०८३, शुक्रबार
,
Latest
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

समूह विजेता बन्दै नेदरल्यान्ड्स नकआउट चरणमा



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूहको अन्तिम खेलमा आयोजक कतारलाई २–० गोलले पराजित गर्दै समूह चरणमा अपराजित रहेको नेदरल्यान्ड्सले अन्तिम १६ मा स्थान बनाएको हो ।

अल बेयत रंगशालामा मंगलबार राति भएको खेलको २६ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए । ४९ औं मिनेटमा फ्रेन्की डे योङले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

नेदरल्यान्ड्स समूह विजेताको बन्दै नकआउट चरणमा प्रवेश नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्यो । सेनेगल ३ खेलमा २ जितसहित ६ अंक जोड्दै समूहको दोस्रो स्थानमा रह्यो । इक्वेडर ४ अंकसहित तेस्रो स्थानमा रहँदा आयोजक कतार भने अंकबिहिन बन्दै पुछारमा रह्यो ।