• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

समूह उपविजेता बन्दै सेनेगल विश्वकपको नकआउट चरणमा



काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

खलिफा रंगशालामा मंगलबार समूहको अन्तिम तथा निर्णायक खेलमा इक्वेडरलाई २–१ ले पराजित गर्दै सेनेगलले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

इस्माएला सारले खेलको ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६८ औं मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

७० औं मिनेटम कालिडोउ कौलीबालीले गोल गर्दै सेनेगललाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन सकेन र सेनेगल विजयी बन्यो ।

यस समूहबाट अपराजित रहँदै नेदरल्यान्ड्स समूह विजेताको बन्दै नकआउट चरणमा प्रवेश गर्यो । उसले ३ खेलमा ७ अंक जोड्यो । सेनेगल ३ खेलमा २ जितसहित ६ अंक जोड्दै समूहको दोस्रो स्थानमा रह्यो । इक्वेडर ४ अंकसहित तेस्रो स्थानमा रहँदा आयोजक कतार भने अंकबिहिन बन्दै पुछारमा रह्यो ।