• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   काफल बेचेर मनग्य आम्दानी ★   काठमाडौं–तराई/मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न ★   आफूखुसी औषधि सेवन घातक ★   १ अर्ब बजेट विनियोजन गर्नका लागि प्रधानमन्त्रीसँग सांसद प्रेमबहादुर आलेको आग्रह ★   पर्यटनविज्ञ अभिषेक विक्रम शाह हिमालयन युवा उद्यमीबाट सम्मानित ★   दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु ★   संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे ★   जसपा, नेपालले सरकारलाई दिएको समर्थनले निरन्तरता पाउँछः मनिष सुमन ★   चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक ★   राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छः रक्षामन्त्री उप्रेती

यु-१९ राष्ट्रिय क्रिकेट: प्रदेश-१ विजयी



काठमाडौँ । यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश(१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश-१ को जीतमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम गहतराजले अविजित २४ रन बनाउनुभयो ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ दशमलव ३ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो । मधेश प्रदेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाउनुभयो । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

प्रदेश-१ का लागि विपिन महतो र कप्तान दिपेश कँडेलले समान तीनरतीन विकेट लिनुभयो भने सन्देश भट्टराईले २ विकेट लिनुभयो । त्यस्तै आशीष मगर र आश्विन महतोले समान १/१ विकेट लिनुभयो ।

जीतसँगै प्रदेश-१ ले फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । प्रदेश-१ को चार खेलबाट चार अङ्क भएको छ । पराजित मधेश तीन खेलमा अङ्कविहीन छ ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले एक लाख पाउने छन् ।