• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   सिन्धुलीमा रहेका मुख्यमन्त्री जम्कट्टेल बिरामी, काठमाडौँबाट हेलिकोप्टर पठाइयो ★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने ★   दुई वर्षमा दुई वटा पनि कानून बनेनन्: मन्त्री भण्डारी ★   रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री ★   गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट ★   आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल ★   सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी ★   चितवनका केराले पाउन थाल्यो बजार ★   वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो ★   लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिन्छ: राजदुत ढकाल (अन्तरवार्ता)

यु-१९ राष्ट्रिय क्रिकेट: प्रदेश-१ विजयी



काठमाडौँ । यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश(१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश-१ को जीतमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम गहतराजले अविजित २४ रन बनाउनुभयो ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ दशमलव ३ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो । मधेश प्रदेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाउनुभयो । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

प्रदेश-१ का लागि विपिन महतो र कप्तान दिपेश कँडेलले समान तीनरतीन विकेट लिनुभयो भने सन्देश भट्टराईले २ विकेट लिनुभयो । त्यस्तै आशीष मगर र आश्विन महतोले समान १/१ विकेट लिनुभयो ।

जीतसँगै प्रदेश-१ ले फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । प्रदेश-१ को चार खेलबाट चार अङ्क भएको छ । पराजित मधेश तीन खेलमा अङ्कविहीन छ ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले एक लाख पाउने छन् ।