• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय

गोकर्णेश्वर र टोखामा भएका दुर्घटनामा दुईको मृत्यु



(सांकेतिक तस्बिर)

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौँको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको गएराति मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते उहाँको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै टोखा नगरपालिका वडा नं ६ ग्रिनल्याण्ड हरीयाली बस्ती नजिक सडकमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–४ बस्ने २६ वर्षीय सबिन कँडेलको गएराति मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते हुनुभएका उहाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको भने धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।