२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा ४ (२) मा एमालेका हरिनारायण महतो विजयी



अ+ अ-

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले)का हरिनारायण महतो विजयी हुनुभएको छ ।

नेकपा (समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी हुनुभएको हो। विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आउनुभएका सत्रुधन यसपटक भने पराजित हुनुभएको छ ।

हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गर्नुभयो ।मतगणनाको सुरु देखि नै अग्रता बनाउनुभएका हरिनारायण एक हजार ३४२ मतान्तरले विजयी हुनुभएको हो ।