२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथि आज पनि सुनुवाई नहुने



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट पदमुक्त भएका ४ जना संघीय सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दामा आज पनि रिट निवेदनको सुनुवाई स्थगित भएको छ ।

सर्वोच्च अदालतका अनुसार शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थगित गरिएको हो 

पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसदका रुपमा कायम रहन माग दावीसहित रिट निवेदन दायर गरेका हुन् ।

उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

यी चार नेतालाई नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले पार्टी सदस्यताबाटै बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो ।

आफूहरु एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारवाही गरेको भन्दै उनीहरुले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।