२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋतुराजले बनाए यस्तो कीर्तिमानी, एकै ओभरमा ७ छक्का प्रहार



अ+ अ-

एजेन्सी । भारतीय युवा ब्याट्सम्यान ऋतुराज गायकवाडले सोमबार इतिहास रचेका छन् । विजय हजारे ट्रफीमा महाराष्ट्रका लागि खेल्दै गरेका गायकवाडले उत्तर प्रदेशविरुद्धको खेलमा एक ओभरमा सात छक्का प्रहार गरेका हुन् ।

सीमित ओभरको क्रिकेटमा यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।

गायकवाडले महाराष्ट्रको इनिङ्सको ४९ औं ओभरमा यो उपलब्धि हासिल गरेका हुन् । शिव सिंहको यो ओभरमा एक बल नो बल थियो । यसरी यो ओभर सात बलको थियो र गायकवाडले सबै सात बलमा छक्का हाने ।

ओभरमा कुल ४३ रन बनाए । यस इनिङ्समा उनले १५९ बलमा २२० रन बनाएका थिए । यस पारीमा गायकवाडले १० चौका र १६ छक्का प्रहार गरेका थिए ।