• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

ऋतुराजले बनाए यस्तो कीर्तिमानी, एकै ओभरमा ७ छक्का प्रहार



एजेन्सी । भारतीय युवा ब्याट्सम्यान ऋतुराज गायकवाडले सोमबार इतिहास रचेका छन् । विजय हजारे ट्रफीमा महाराष्ट्रका लागि खेल्दै गरेका गायकवाडले उत्तर प्रदेशविरुद्धको खेलमा एक ओभरमा सात छक्का प्रहार गरेका हुन् ।

सीमित ओभरको क्रिकेटमा यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।

गायकवाडले महाराष्ट्रको इनिङ्सको ४९ औं ओभरमा यो उपलब्धि हासिल गरेका हुन् । शिव सिंहको यो ओभरमा एक बल नो बल थियो । यसरी यो ओभर सात बलको थियो र गायकवाडले सबै सात बलमा छक्का हाने ।

ओभरमा कुल ४३ रन बनाए । यस इनिङ्समा उनले १५९ बलमा २२० रन बनाएका थिए । यस पारीमा गायकवाडले १० चौका र १६ छक्का प्रहार गरेका थिए ।