• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

सत्तारुढ नेता माधब नेपाल भन्नुहुन्छ : प्रदर्शनमा प्रहरी ज्यादती भयो !



काठमाडौ । सत्तारुढदल नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपालले एमसीसीको बिरोधमा भएको प्रदर्शनमा दमन गरिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । आईतबार बिहान प्रधानमन्त्र निबास बालुवाटारमा एमसीसी टेबल गर्न दिने सहमति गरेर फर्कनु भएका नेपालले साँझ सामाजिक संञ्जाल मार्फत यथास्थितिमा एमसीसी  संसदबाट अनुमोदन गर्न नसकिने  पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति  प्रतिबद्ध रहेको जनाउनु भएको छ ।

नेता नेपालले असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति केवल सांसदहरूको मात्र होइन सबै तहका जनताको विरोध वा समर्थन हुन सक्ने जनाउनु भएको छ । सक्दछ । बिरोध  गर्न पाउनु संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको बिषय भएको जनाउनु भएको छ । उहाँले अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गंभीर असहमति सहित बिरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना एवम् उहॅाहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।