• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान ★   कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह ★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन ★   पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप ★   गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन ★   गर्मीमा किन बढी रिस उठ्छ ? ★   काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम ★   धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल, सिप मेलाको अवलोकनमाः निराशहरुलाई तालिमले आशा दिलाएको प्रतिक्रिया

के नाना पाटेकरसँग फिल्म खेल्न लागेका हुन् प्रदीप ?



काठमाडौँ । सफल चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतका विभिन्न हलमा प्रदर्शन भएपछि निर्देशक तथा निर्माता सन्तोष सेन र सो फिल्मका अभिनेता प्रदीप खड्का भारतसँग नजिकिएका छन् ।

निर्वाचनअघि दुवै जना केही हप्ता भारत बसेर फर्किएका थिए । चुनाव सकिएपछि फेरि उनीहरु भारत गए । यतिबेला उनीहरु गोवामा छन् । ‘प्रेमगीत ३’ भारतमा रिलिजपछि दुवैको बलिउडकर्मीसँग पनि निकटता बढेको छ ।

यसैबीच, शनिबार गोवामा सन्तोष र प्रदीपले बलिउडका चर्चित अभिनेता नाना पाटेकरसँग भेट गरेका छन् । पाटेकरकै घरमा उनीहरुको भेट भएको हो । निर्माता सेनले एक प्रोजेक्टको विषयमा कुराकानी गर्नका लागि भेट भएको जानकारी दिए ।

अभिनेता पाटेकरले सन्तोष र प्रदीपलाई आफ्नै निवासमा बोलाएका थिए । त्यसक्रममा उनलाई फिल्मको कथा सुनाइएको थियो । भेटको क्रममा प्रदीपले पाटेकरलाई ‘प्रेमगीत ३’को ट्रेलर पनि देखाएका थिए । चाँडै नै प्रदीपले बलिउड फिल्म साइन गर्न सक्ने संकेत पनि सेनले गरे । अहिले प्रदीपले स्क्रिप्ट पढिरहेको सन्तोष बताउँछन् ।