२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

के नाना पाटेकरसँग फिल्म खेल्न लागेका हुन् प्रदीप ?



अ+ अ-

काठमाडौँ । सफल चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतका विभिन्न हलमा प्रदर्शन भएपछि निर्देशक तथा निर्माता सन्तोष सेन र सो फिल्मका अभिनेता प्रदीप खड्का भारतसँग नजिकिएका छन् ।

निर्वाचनअघि दुवै जना केही हप्ता भारत बसेर फर्किएका थिए । चुनाव सकिएपछि फेरि उनीहरु भारत गए । यतिबेला उनीहरु गोवामा छन् । ‘प्रेमगीत ३’ भारतमा रिलिजपछि दुवैको बलिउडकर्मीसँग पनि निकटता बढेको छ ।

यसैबीच, शनिबार गोवामा सन्तोष र प्रदीपले बलिउडका चर्चित अभिनेता नाना पाटेकरसँग भेट गरेका छन् । पाटेकरकै घरमा उनीहरुको भेट भएको हो । निर्माता सेनले एक प्रोजेक्टको विषयमा कुराकानी गर्नका लागि भेट भएको जानकारी दिए ।

अभिनेता पाटेकरले सन्तोष र प्रदीपलाई आफ्नै निवासमा बोलाएका थिए । त्यसक्रममा उनलाई फिल्मको कथा सुनाइएको थियो । भेटको क्रममा प्रदीपले पाटेकरलाई ‘प्रेमगीत ३’को ट्रेलर पनि देखाएका थिए । चाँडै नै प्रदीपले बलिउड फिल्म साइन गर्न सक्ने संकेत पनि सेनले गरे । अहिले प्रदीपले स्क्रिप्ट पढिरहेको सन्तोष बताउँछन् ।