• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   वर्षापछि वायु प्रदूषण घट्दै ★   एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैन: काँगेस ★   ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता ★   ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु ★   च्याम्पियन्स लिगको फाइनलमा पुग्न रियल मड्रिड र बायर्न म्युनिख भिड्दै ★   सन्दीपको सफलताः फेसबुकमा १० लाख फलोअर्स हुने पहिलो नेपाली खेलाडी ★   मातातीर्थमा तिर्थालुको भीड- तस्बिरहरु ★   राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन: महामन्त्री थापा ★   संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने ★   सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या

के नाना पाटेकरसँग फिल्म खेल्न लागेका हुन् प्रदीप ?



काठमाडौँ । सफल चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतका विभिन्न हलमा प्रदर्शन भएपछि निर्देशक तथा निर्माता सन्तोष सेन र सो फिल्मका अभिनेता प्रदीप खड्का भारतसँग नजिकिएका छन् ।

निर्वाचनअघि दुवै जना केही हप्ता भारत बसेर फर्किएका थिए । चुनाव सकिएपछि फेरि उनीहरु भारत गए । यतिबेला उनीहरु गोवामा छन् । ‘प्रेमगीत ३’ भारतमा रिलिजपछि दुवैको बलिउडकर्मीसँग पनि निकटता बढेको छ ।

यसैबीच, शनिबार गोवामा सन्तोष र प्रदीपले बलिउडका चर्चित अभिनेता नाना पाटेकरसँग भेट गरेका छन् । पाटेकरकै घरमा उनीहरुको भेट भएको हो । निर्माता सेनले एक प्रोजेक्टको विषयमा कुराकानी गर्नका लागि भेट भएको जानकारी दिए ।

अभिनेता पाटेकरले सन्तोष र प्रदीपलाई आफ्नै निवासमा बोलाएका थिए । त्यसक्रममा उनलाई फिल्मको कथा सुनाइएको थियो । भेटको क्रममा प्रदीपले पाटेकरलाई ‘प्रेमगीत ३’को ट्रेलर पनि देखाएका थिए । चाँडै नै प्रदीपले बलिउड फिल्म साइन गर्न सक्ने संकेत पनि सेनले गरे । अहिले प्रदीपले स्क्रिप्ट पढिरहेको सन्तोष बताउँछन् ।