११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप

पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप
अ अ+ अ-

काठमाडौं, २६ वैशाख । कमलादेवी कैनीले थापाथलीस्थित प्रसूति गृहमा पाठेघरको अप्रेशनका क्रममा दुवै पिसाब नली काटिएको बताएकी छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले पाठेघरको अप्रेशन गर्ने जिम्मा सिकारु डाक्टरलाई दिँदा उक्त घटना भएको बताईन् । उनले घटनापछि अस्पतालले जिम्मेवारी नलिएको र उल्टै अमानवीय व्यवहार गरेको आरोप लगाईन् ।

‘सिकारु डाक्टरलाई मेरो अप्रेसन दिएर दुईवटै किड्नीबाट पिसाब नली छुटाइदिनुभयो । अप्रेसनको दुई दिनपछि मेरो ढाड सुन्नियो । सास फेर्न गाह्रो भएको अवस्था थियो ।’ उनले भनिन्, ‘मेरी छोरीले ममीको सास फेर्न समस्या भयो, ढाड सुनिएको छ भनेपछि डा. टुसार जैसीले ग्याष्ट्रिक भएको छ भन्नुभयो ।’

पाठेघरको अप्रेशन गरेको चार दिनपछि अवस्था एकदमै नाजुक हुँदै जाँदा पनि आफूलाई अस्पतालले जबरजस्ती घर पठाएको उनले सुनाईन् । आफूलाई झनै गाह्रो हुँदै गएपछि फेरि अस्पताल गएर सीटीस्क्यान गरेर हेर्दा अप्रेशनको क्रममा दुवै पिसाब नली काटिएको पत्ता लागेको उनले बताईन् । त्यसपछि पाठेघरको भन्दा पनि ठूलो अप्रेसन गर्नु परेको उनले बताईन् ।

अप्रेशनपछि झन समस्या बढेको बताउँदा आफ्नी छोरीलाई डा.श्रीप्रसाद अधिकारीले डाक्टरसँग पङ्गा नलिन चेतावनी दिएको उनको आरोप छ । आफ्नो उचारका क्रममा अस्पतालले लाहप्रवाही गरेको उनको आरोप छ । उनले आफ्नो अप्रेसनपछि आईसीयूमा समेत नराखिदिएको बताईन् । साथै, अप्रेशन गरेको घाउमा लो क्वालिटीको टाँका लगाइदिँदा घाउ पूरै पाकेको उनको भनाइ छ ।

डाक्टरहरुको लाहप्रवाहीले अर्को अप्रेशन गर्नुपरेको भएपनि आफैंले खर्च व्यहोर्नुपरेको उनले गुनासो सुनाईन् । पटक–पटकको अप्रेशन र लाहप्रवाहीले गर्दा अहिले किड्नीमा समेत समस्या देखिएको उनले बताईन् । यस्तो अवस्थामा अस्पतालले कुनै प्रकारको उत्तरदायित्व नलिएको उनको भनाइ छ । अब अस्पतालले आफ्नो उपचारमा सहयोग नगरेको खण्डमा मर्नुको विकल्प नरहेको उनले बताईन् । उनले अस्पतालको लाहप्रवाहीको कारण आफूले उचार नगरी मर्नुपर्ने अवस्था आउँदा स्वास्थ्य मन्त्रालयको बाहिर गएर आत्महत्या गर्ने चेतावनी दिईन् ।

‘यतिबेला मलाई भात खान समस्या भइरहेको बेलामा तपाईँको लाहप्रवाहीले गरेर पाँचचोटी काटिएको मेरो घाउलाई शान्त पार्न सिटामोल किन्न नसकेको अवस्थामा मैले अप्रेशन कसरी गर्ने ? मेरो किड्नीको उपचार कसरी गर्ने ? मैले मर्नुपर्छ भने अब स्वास्थ्य मन्त्रालयको बाहिर गएर मर्छु । मेरो केही विकल्प रहेन,’– उनले रुँदै भनिन् ।