११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल, सिप मेलाको अवलोकनमाः निराशहरुलाई तालिमले आशा दिलाएको प्रतिक्रिया

धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल, सिप मेलाको अवलोकनमाः निराशहरुलाई तालिमले आशा दिलाएको प्रतिक्रिया
अ अ+ अ-

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आज काठमाडौँको टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला २०८१’ को अवलोकन गर्नुभएको छ । मेलाअन्तर्गत सञ्चालन भइरहेको विभिन्न विधाका विभिन्न पेशासँग सम्बन्धित तालिम सञ्चालन, व्यवस्थापन, तालिममा सिकाइने विषय, यसका अपेक्षित उपलब्धिका विषयमा जानकारी लिनुभयो । उहाँलाई अवलोकनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का स्वकीय सचिव भूपदेव शाहले सहजीकरण गर्नुभएको थियो ।

मेला काठमाडौँ महानगरपालिकाले गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिरहेको छ । २०८१ सालको शुभारम्भमा २०८१ जनालाई सिपमूलक तालिम दिएर रोजगार, स्वरोजगार वा अन द जब टे«निङ्सँग जोड्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको हो ।

अवलोकनपछिको प्रतिक्रियामा उहाँले भन्नुभयो, ‘यो ठूलो कार्यक्रम हो । यसले निराश युवाहरुलाई आशा दिलाएको छ । तालिम पाएका जनशक्तिलाई रोजगार वा स्वरोजगार बनाउने योजना सबैभन्दा महत्वपूर्ण छ ।’

अहिलेको परिस्थितिको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘शैक्षिक डिग्री कि रोजगार भनेर आम मानिसलाई सोध्दा रोजगार भन्नु पर्ने अवस्था छ । यसो भन्नुको अर्थ शैक्षिक प्रमाण पत्र भएर मात्र पनि रोजगारी पाउन गाह्रो छ भन्ने हो । यस्तो परिस्थितिमा महानगरपालिकाले चलाएको तालिमले निराश भएका युवालाई आशाको सञ्चार गरेको छ । रोजगारी नै पाउने भएपछि तालिमबाट सिकेको सिप शतप्रतिशत आयमा रुपान्तरण हुने भयो ।’ उहाँले मेलाबाट आफू प्रोत्साहित भएको बताउँदै, आफ्नो नगरको रोजगार संयोजकलाई काठमाडौँ आएर ७ दिन सिप मेलामा बस्न र तालिम सञ्चालन सिप सिक्न बोलाउनुभयो । उहाँले सिप सिकेपछि धनगढीमा यस्तै मेला आयोजना गर्ने हमालको भनाइ छ ।

प्रमुख हमाललाई मेला र यसभित्रका क्रियाकलापका बारेमा जानकारी दिँदै, बेरोजगारलाई तालिम दिने, रोजगारदातासँगको समन्वयमा रोजगार उपलब्ध गराउने मेलाको मुख्य ध्येय रहेको बताउनुभयो । श्रम बजारको आवश्यकता पहिचान गरेर बजार र वेरोजगारका अन्तरसम्बन्धित आवश्यकताको बिचमा भएको खाडललाई पुर्ने काम भएको, उहाँको भनाइ थियो ।

रोजगार संयोजक देवेन्द्र के. सी. का अनुसार काठमाडौँको सिकाइ धनगढीमा विस्तार गर्ने विषयमा प्रमुख हमालले चासो दिनुभएको छ । मेलाअन्तर्गत १० वटा विधामा ३० वटा पेशासँग सम्बन्धित तालिम सञ्चालन भइरहेका छन् । तालिमका कक्षाहरु हरेक दिन विहान ८ बजे सुरु हुन्छन् । तालिमका फास्टफुड एण्ड कुकिङ् र वेकरीका कक्षाहरु ४/४ घण्टा हुन्छन् । अरु कक्षाहरु ३÷३ घण्टा हुन्छन् । यसरी दोस्रो कक्षा ११ बजे र तेस्रो कक्षा २ बजे सुरु हुन्छ ।