• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण

माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा शनिबार उहाँहरुबीच छलफल भएको हो ।

प्रतिनिधिसभा निर्वाचनमा आएको पछिल्लो मतपरिणापछि सम्भावित सरकार गठनबारे राजदूत श्रीवास्तवले अध्यक्ष प्रचण्डलाई निवासमै गएर भेट्नुभएको हो । उहाँहरुबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि शुक्रबार राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी छलफल गर्नुभएको थियो ।