१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले पूर्व भारतीय ब्याट्सम्यान गौतम गम्भीरलाई भारतीय टोलीको मुख्य प्रशिक्षक बन्न आग्रह गरेको छ ।

ईएसपीएन क्रिकइन्फोका अनुसार बीसीसीआईले गम्भीरलाई टोलीको मुख्य प्रशिक्षक बन्न चाहेको हो कि होइन भनेर सोधेको छ ।

आईपीएल २०२४ को समाप्ति पछि थप छलफल अपेक्षित छ । गम्भीर यस सिजन केकेआरका मेन्टर हुन् । उनको टोली अंक तालिकाको शीर्ष स्थानमा छ र प्लेअफमा छनोट भएको छ ।

राहुल द्रविड हाल भारतीय टिमका मुख्य प्रशिक्षक छन् । उनको कार्यकाल अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपपछि समाप्त हुनेछ ।

बीसीसीआईले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको छ । बोर्डले सोमबार राति नै उम्मेदवारको विज्ञापन जारी गरेको थियो । उम्मेदवारहरूले मे २७ बेलुकी ६ बजेसम्म आवेदन दिन सक्नेछन् ।

४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरमा कोचिङको अनुभव छैन, उनी दुई आईपीएल फ्रेन्चाइजीमा कोचिङ स्टाफको इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी आईपीएल २०२२ र २०२३ मा लखनऊ सुपर जायन्ट्सका मेन्टर थिए । २०२४ सिजनमा उनी केकेआर मा सामेल भए । गम्भीरले एलएसजीमा बसेको पहिलो दुई सत्रमा टोलीलाई प्लेअफमा पुर्‍याएका थिए । योसँगै केकेआर पनि यो सिजन प्लेअफमा छनोट भएको छ ।

एक खेलाडीको रूपमा, गम्भीरले २००७ मा भारतको टी–२० विश्व कप र २०११ मा एकदिवसीय विश्वकप जितेको हिस्सा थिए । उनले २०११ देखि २०१७ सम्म सात आईपीएल सत्रहरूमा केकेआरको कप्तानी गरे, र टोली पाँच पटक प्लेअफका लागि छनोट भयो । कप्तानको रूपमा उनले २०१२ र २०१४ मा दुई उपाधि जितेका थिए ।

राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो, जब भारत टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको थियो । टोलीले फेरि २०२२ को टी–२० विश्वकपमा सेमिफाइनल खेलेको थियो । सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो, तर भारत फाइनलमा पुगेपछि उनको कार्यकाल टी–२० विश्वकपसम्म थपिएको थियो ।

द्रविडको कोचिङमा टीम इन्डियाको एक मात्र सफलता सन् २०२३ को एसिया कपको रूपमा आएको थियो । आयोजक श्रीलंकालाई हराउँदै भारतले उपाधि जितेको थियो ।